सशस्त्रद्वारा ६ वर्षदेखि मर्मत नभएको पशुपतिको यज्ञशाला मर्मत
शुक्रबार, ०५ माघ २०८०, १० : २४
-_4xRccw8c4P.jpg)
काठमाडौँ । सशस्त्र प्रहरी बलले पशुपतिनाथमा लामो समयदेखि मर्मत हुन नसकेको यज्ञशाला मर्मत गरेको छ । ६ वर्षदेखि मर्मत गर्नुपर्ने अवस्थामा रहेको मन्दिर भित्रको यज्ञशाला मर्मत सम्भार गरिएको पशुपतिनाथ बाहिनी मुख्यालयका डिआईजी पुरुषोत्तम थापाले रातोपाटीलाई बताए ।
सशस्त्रले आफ्नो २३ औँ वार्षिक उत्सवको अवसरमा ‘क्विक ईम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत मन्दिर भित्रको यज्ञशाला र टुटफुट भएको मार्बलहरुको पुनः निर्माण र मन्दिरको बाहिरी भाग जीर्णोद्धार गरेको हो । बाहिनी नम्बर–९ पशुपतिनाथ बाहिनीका बाहिनीपति पुरुषोत्तम थापाले जीर्णोद्धार अवलोकन गरेर सदस्य सचिव राजु कुमार क्षेत्रीलाई ह्विल चेयर हस्तान्तरण गरेका छन् ।
डिआईजी थापाले ४ वटा ह्विलचियर हस्तान्तरण गरेका हुन् । शारीरिक अशक्तता भएका भक्तजनहरूले सो ह्विलचियर निःशुल्क प्रयोग गर्न पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू
-
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप