सङ्गीतकर्मीले दिए योगेश वैद्यलाई अन्तिम श्रद्धाञ्जली
शुक्रबार, ०५ माघ २०८०, १२ : ४२
काठमाडौँ । बिहीबार निधन भएका गायक तथा सङ्गीतकार योगेश वैद्यलाई सङ्गीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । नेपाल सङ्गीतकार सङ्घले नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखेको थियो ।
वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा, सङ्गीतकार चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायत थुप्रै सङ्गतिकर्मीले फूल माला समर्पण गर्दै वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत थुप्रै लोकप्रिय गति दिएका ७७ वर्षीय वैद्यको बिहीबार राति साढे १२ बजे काठमाडौँको सुनधारास्थित भ्याली अस्पतालमा निधन हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । उनले नेपाल भाषाका समेत धेरै गीत गाएका छन् ।
वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण