प्राण प्रतिष्ठामा खाना खुवाउन प्रभासले दिएका हुन् ५० करोड ?
नयाँ दिल्ली । अयोध्यामा राम मन्दिर बनाउन बलिउड र दक्षिण भारतीय अभिनेता अभिनेत्रीहरुले दान दिएका थिए ।
राम मन्दिरमा प्राण प्रतिष्ठा समारोहका लागि कयौँ सेलिब्रेटीलाई निम्तो पनि पठाइएको छ । हालै मात्रै दक्षिण भारतीय सुपरस्टार प्रभासले प्राण प्रतिष्ठाको लागि भनेर ५० करोड भारु दान दिएको खबर आएको थियो ।
आन्ध्र प्रदेशका एमएलए चिरला जग्गीरेड्डीले त प्रभासले जनवरी २२ मा अयोध्यामा खानपिनको सबै खर्च उठाउने समेत दाबी गरे । उनको यो अभिव्यक्तियुक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो ।
प्रभासको टिमले यो खबरको सत्यता बताएका छ । यो खबर झुटो भएको आदिपुरुष फिल्ममा रामको भूमिका निर्वाह गरेका प्रभासले भनेका छन् । यो फिल्म नराम्ररी फ्लप भएको थियो । फिल्ममा पहिरन, दृश्य र संवाद विवादमा मुछिएपछि निर्माताहरुले माफी नै माग्नु परेको थियो ।
इन्डिया टुडेमा छापिएको समाचार अनुसार प्रभासको टिमले यो कुराको खण्डन गरेको छ । स्रोतका अनुसार यो पूरै अफवाह हो अनि खबर झुटो हो । प्रभासलाई प्राण प्रतिष्ठामा बोलाइएको छ कि छैन भन्ने पनि जानकारी नआएको बताइएको छ ।
दक्षिण भारतीय सिनेमा क्षेत्रमा रजनीकान्त, चिरञ्जिवी र रामचरणलाई निम्तो गएको छ । हनुमान फिल्मले हरेक टिकटबाट ५ भारु मन्दिरलाई दान गर्ने घोषण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण