लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा केसी नियुक्त
शुक्रबार, ०५ माघ २०८०, १६ : २१

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगको महिला सदस्यमा कपिलवस्तुकी गीता केसी नियुक्त भएकी छन् ।
शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले केसीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
केसी नियुक्त भएपछि योजना आयोगले पूर्णता पाएको छ । उपाध्यक्षसहित चार सदस्यीय रहेको योजना आयोगमा उपाध्यक्षमा डा नहकुल केसी र अन्य दुई सदस्य यसअघि नै नियुक्त भइसकेका छन् ।
बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । समयानुकूल गराउन कार्य विधि संशोधन गरिएको पाण्डेयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूकुम पश्चिममा पानी बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
-
सिंहदरबार बोलाइएको विषयमा भण्डारीको स्पष्टीकरण: ‘व्यक्तिगत भेटघाट मात्र हो’
-
भारतीय विमान दुर्घटनाप्रति परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त
-
रियलमा आबद्ध हुनु ‘सपना पूरा भएको क्षण’
-
सिटी छाडेर नापोली पुगे डी ब्रुयना
-
मकवानपुरमा चट्याङ लागेर बालकको मृत्यु