लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा केसी नियुक्त
शुक्रबार, ०५ माघ २०८०, १६ : २१
बुटवल । लुम्बिनी प्रदेश योजना आयोगको महिला सदस्यमा कपिलवस्तुकी गीता केसी नियुक्त भएकी छन् ।
शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले केसीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
केसी नियुक्त भएपछि योजना आयोगले पूर्णता पाएको छ । उपाध्यक्षसहित चार सदस्यीय रहेको योजना आयोगमा उपाध्यक्षमा डा नहकुल केसी र अन्य दुई सदस्य यसअघि नै नियुक्त भइसकेका छन् ।
बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । समयानुकूल गराउन कार्य विधि संशोधन गरिएको पाण्डेयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण