मियाँ नेपाल हज समितिको अध्यक्षमा पुनर्बहाली
बुटवल । नक्कली भुटानी शरणार्थी शरणार्थी प्रकरणमा जोडिएको अभियोग लागेका शमशेर मियाँ नेपाल हज समितिको अध्यक्षमा पुनर्बहाली भएका छन् । उच्च अदालत पाटनले शमशेरलाई समितिको अध्यक्षका रूपमा कामकाज गर्न गराउन अन्तरिम आदेश दिएको थियो ।
त्यसलगत्तै उनको पुनर्बहाली गरिएको हो । उनी पक्राउ परेपछि मकबुल मियाँ कार्यवाहक अध्यक्ष बनेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सामेल समूहले उनको गाडीलाई रकम ओसारपसारमा प्रयोग गरेको अभियोग लागेको थियो ।
जिल्ला अदालत काठमाडौँले मियाँलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । धरौटीमा छुटेपछि पुस २९ गते उनी पुनर्बहालीको मागसहित उच्च अदालत पुगेका थिए ।
माघ ३ मा न्यायाधीश रमेशराज पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि माघ ८ गते बोलाउन आदेश समेत दिएको छ । अदालतले छलफलको दिनसम्म मियाँलाई अध्यक्षको हैसियतमा काम गर्न नरोक्न भनेको छ । बुटवल निवासी मियाँले आफूले अदालतको आदेश अनुसार अध्यक्षको हैसियतमा काम सुरु गरेको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण