मियाँ नेपाल हज समितिको अध्यक्षमा पुनर्बहाली

बुटवल । नक्कली भुटानी शरणार्थी शरणार्थी प्रकरणमा जोडिएको अभियोग लागेका शमशेर मियाँ नेपाल हज समितिको अध्यक्षमा पुनर्बहाली भएका छन् । उच्च अदालत पाटनले शमशेरलाई समितिको अध्यक्षका रूपमा कामकाज गर्न गराउन अन्तरिम आदेश दिएको थियो ।
त्यसलगत्तै उनको पुनर्बहाली गरिएको हो । उनी पक्राउ परेपछि मकबुल मियाँ कार्यवाहक अध्यक्ष बनेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सामेल समूहले उनको गाडीलाई रकम ओसारपसारमा प्रयोग गरेको अभियोग लागेको थियो ।
जिल्ला अदालत काठमाडौँले मियाँलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । धरौटीमा छुटेपछि पुस २९ गते उनी पुनर्बहालीको मागसहित उच्च अदालत पुगेका थिए ।
माघ ३ मा न्यायाधीश रमेशराज पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि माघ ८ गते बोलाउन आदेश समेत दिएको छ । अदालतले छलफलको दिनसम्म मियाँलाई अध्यक्षको हैसियतमा काम गर्न नरोक्न भनेको छ । बुटवल निवासी मियाँले आफूले अदालतको आदेश अनुसार अध्यक्षको हैसियतमा काम सुरु गरेको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजेसम्म आएन आदेश, आदेशको प्रतीक्षामा बस्नेहरु तस्बिरमा हेर्नुहोस्
-
अनेरास्ववियु महाधिवेशनमा १४५० मत खस्यो, परिणाम केहीबेरमा
-
दुर्गा प्रसाईँको मुद्दामा आदेश आउँदै
-
विमानमा सवार २४२ जनामध्ये एक जनामात्रै बाँचे
-
‘न्यायकर्तामाथि भौतिक हमला गर्नु आपराधिक कार्य हो, सहन सकिँदैन’
-
३ सय विकेट लिने आठौँ अस्ट्रेलियन बने कमिन्स