जसपा मधेश प्रदेश राजनीति समितिको बैठक जनकपुरमा
धनुषा । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशमा रहेका राजनीतिक समितिका सदस्यहरूको बैठक जनकपुरमा सुरु भएको छ । राष्ट्रियसभा चुनाव तथा मधेश प्रदेशमा सङ्गठन निर्माण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
सो पार्टीबाट राष्ट्रियसभा सदस्यका लागि मधेश प्रदेशबाट महिलातर्फ पूजा चौधरी उम्मेदवार बनेकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी चौधरीले जित्ने लगभग निश्चित छ । तैपनि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनका लागि अझै सक्रिय हुनुपर्ने निष्कर्षसहित बैठक बसिरहेको जसपाले जनाएका छ ।
जसपाले हालै केन्द्रीय समिति र राजनीति समितिको बैठक सम्पन्न गरी महाधिवेशनको मिति तय गरेको छ । जसपाको महाधिवेशन जेठ २८ गतेदेखि धनुषामा गर्ने निर्णय भैसकेको छ ।
त्यसअघि पालिकादेखि प्रदेशसम्म सबै समितिको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय समेत सो पार्टीले गरेको छ । आज बसेको बैठकमा महाधिवेशनको विषयमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण