महिलाहरुकाे नेतृत्वमा रुपन्देहीमा महिला तथा बाल अस्पताल सञ्चालनमा

बुटवल । रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा महिलाको लगानी र नेतृत्व महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ । तिलोत्तमा-४ ड्राइभर टोलमा ओम महिला तथा बाल अस्पताल अधिकांश महिलाहरूको लगानी तथा सञ्चालनको सम्पूर्ण जिम्मा समेत महिलाहरूले लिएर चलाएको आज पत्रकार सम्मेलन गरेर जनाएका हुन्।
सुत्केरी आमाहरू, नवजात शिशु, बालबालिका तथा किशोर किशोरीका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि अस्पताल स्थापना गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शर्मिला शर्माले जानकारी दिइन् । स्थानीय सरकार तिलोत्तमाबाट १५ बेडको स्वीकृति लिएको यो अस्पताललाई आगामी दिनमा सय शय्यामा बिस्तार गरिने डा. शर्माले बताइन्।
अस्पतालमा अहिलेसम्म १० करोड बढी लगानी भएको र २५ जनाको शेयर रहेको अध्यक्ष शारदा तिवारीले जानकारी दिइन् । यस अस्पतालमा २१ जना महिला र ४ जना पुरुषको सेयर पुँजी रहेको छ । अस्पतालमा प्रसूति सम्बन्धी सम्पूर्ण सेवा, खोप, एनआईसियू ओपिडी, २४ सै घण्टा इमर्जेन्सी अपरेसनसेवा, २४ सै घण्टा इमर्जेन्सी, औषधि पसल, २४ सै घण्टा प्रयोगशाला सेवा, २४ सै घण्टा जनरल बेड र क्याबिनहरूको सेवा सञ्चालनमा रहेको प्रबन्ध निर्देशक कमदा मल्ल हमालले जानकारी दिइन् । अस्पतालमा ६५ जना कर्मचारीहरू कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'महाराजधिराज'मा जोडिइन् उषा
-
चिनियाँ राजदूत चेन सोङद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण
-
रास्वपाले कांग्रेस समक्ष प्रस्तुत ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन वानेश्वरमा विपक्षी दलहरूको बैठक
-
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख
-
रौतहटमा लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ
-
तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण