रोकिएको नर्सिङ तर्फको विद्यार्थी भर्ना लिन शिक्षा समितिको निर्देशन
काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रोकिएका नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई रोकिएको भर्ना लिई कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
सीटीईभीटीको सम्बन्धन तथा गुणस्तर सम्बन्धमा गठित उपसमितिको २५ पुस २०७९ को प्रतिवेदनमाथि समितिमा छलफल भएको थियो । सोही आधारमा समितिले सरकारलाई आवश्यक निर्देशन तथा सुझाव कार्यान्वयन गर्न भनेको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ अनुसार सञ्चालनमा रहेका स्वास्थ्य तर्फका प्रवीणता प्रमाण पत्र तह मेडिकल, डेन्टल र नर्सिङका कार्यक्रमहरूका सम्बन्धमा द्विविधा सृजना भएको छ । मेडिकल, डेन्टलतर्फ कार्यक्रमहरू पूर्ववत् सुचारु रहेका छन् । तर, नर्सिङतर्फ भर्ना अवरुद्ध छ । समितिले यसलाई अव्यवहारिक भन्दै यथावत् भर्ना लिई कक्षा सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत परिषद्लाई निर्देशन दिएको हो ।
प्रवीणता प्रमाणपत्र तह नर्सिङ (स्टाफ नर्स) विषय पढाउनेको लागि १०० शय्याको आफ्नै अस्पताल हुनुपर्ने चिकित्सा शिक्षा आयोगको मापदण्ड छ । उत्तम मापदण्ड पुरा गर्न नसकेका ७३ वटा नर्सिङ कलेजहरूले २०७८ सालदेखि विद्यार्थी भर्ना लिन पाएका छैनन् ।
यस विषयमा समितिले उनीहरुले मापदण्ड तयार भई लागू नहुँदासम्मका लागि कोभिड – १९ को बन्दाबन्दीको समयलाई शून्य समय मानी आफ्नै १०० शय्याको अस्पताल बनाउन ७ वर्षको (२०७५ देखी ५ वर्ष भुक्तान भइसकेकोले थप २ वर्ष मात्र) को समय दिई नर्सिङ कार्यक्रम सञ्चालन गर्ने र नयाँ मापदण्ड बनेपछि सोही अनुसार गर्न समेत भनेको छ ।
त्यस्तै चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्था बमोजिम २ वर्षभित्र आफ्नै अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था भएकोमा कोभिड– १९ को शून्य समयको कारणले आफ्नै अस्पताल बनाउन नसकेका संस्थाहरूको हकमा हाललाई नर्सिङ शिक्षाको गुणस्तर कायम गर्न प्रयोगात्मक अभ्यासको सुनिश्चितताको लागि १०० (सय) शय्याको अन्य कुनै पायक पर्ने अस्पताल (सरकारी, निजी, गैरसरकारी) सँग सम्झौता गरी सो कार्यक्रम सञ्चालन गर्ने भनेको छ ।
चिकित्सा शिक्षा ऐन २०७५ र नियमावली २०७७ र प्राविधिक तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ का बिचमा केहि विरोधाभास र दोहोरो अर्थ लाग्ने प्रावधान देखिएकोले आयोगका र परिषद्का पदाधिकारीहरूले छलफल गरी कानुन वा नियमावली संशोधन गरी स्पष्ट पार्न समेत भनेको हो ।
त्यस्तै ऐनको सबै मापदण्ड पुरा गरी स्वीकृतिको निम्ति प्रक्रियामा रहेका नयाँ शिक्षालयहरूलाई प्रवीणता प्रमाणपत्र तह नर्सिङ (स्टाफ नर्स) को स्वीकृति प्रदान गर्ने समेत भनेको छ ।
_NAIpYLwnKJ.jpg)
_kFF44FrQpM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण