आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।
बुधबार भएको ५७ औं खेलमा चेन्नई दुई बल बाँकी छँदा दुई विकेटले विजयी भयो । जितसँगै पुछारको चेन्नईले १२ खेलबाट ६ अंक बनायो । कोलकाताको भने समान खेलबाट ११ अंक छ । कोलकाता समेत प्रतियोगिताबाट लगभग बाहिरिएको बताइन्छ ।
इडेन गार्डेनमा कोलकाताले पेश गरेको १८० रनको चूनौति पछ्याएको चेन्नईले दुई बल बाँकी रहँदा आठ विकेट गुमाएर १८३ रन बनायो । जहाँ कप्तान महेन्द्रसिंह धोनी १७ रनमा अविजित रहे । २०औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै धोनीले जित पक्का गरे । त्यसपछि अंशुल कम्बोजले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।
डेवाल्ड ब्रेभिसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रन जोडे । उर्भिल पटेलले ११ बलमा ३१ रन बनाए । वैभव अरोराले तीन विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।
पहिले टस जितेर ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो । जहाँ कप्तान अजिक्या रहाणेले ४८ रन बनाए । आन्द्रे रसेलले ३८ रन र मनिष पाण्डेले अविजित ३६ रनको योगदान गरे । चेन्नईका नूर अहमद एक्लैले चार विकेट लिए ।
यो खेल जितेको भए कोलकानताको प्लेअफ पुग्ने आशा जीवित राख्न थिये । साबिक विजेता कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्ससामु जितका लागि १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको हो । कप्तान अजिंक्या रहानेले सर्वाधिक ४८ रनको योगदान दिए ।
उनले ३३ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । आन्द्रे रसलले फेरि एकपटक विस्फोटक ईनिङ्स खेल्दै २१ बलमा ३८ रन जोडे । उनले ४ चौका र ३ छक्का हिर्काए । मनिष पाण्डे पनि ३६ रनको महत्त्वपूर्ण योगादन दिए । उनले २८ बलमा १ चौका र १ छक्का प्रहार गरे । ओपनर सुनिल नरेनले १७ बलमा २६ रन तथा रहमानुल्लाह गुरबाजले ९ बलमा ११ रन बनाए । रिंकु सिंह मात्र ९ रन बनाएर पभेलियन फर्किए ।