च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
बिहीबार, २५ वैशाख २०८२, ०५ : २६
काठमाडौं । च्याम्पियन्स लिगको उपाधि भिडन्त इटालीको इन्टर मिलान र फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीबीच हुने भएको छ । सेमीफाइनल दोस्रो लेगमा पीएसजीले इंग्लिश क्लब आर्सनललाई हराउँदै म्यूनिखमा हुने फाइनलमा स्थान सुरक्षित गरेको छ । इन्टर स्पेनी हस्ती बार्सिलोनालाई हराए यसअघि नै फाइनल पुगिसकेको छ ।
बुधबार राती भएको खेलमा पीएसजी २-१ ले विजयी हुँदा समग्रमा ३–१ को जित हासिल गर्दै फाइनल पुगेको हो । पीएसजीलाई जिताउन अचरफ ककिमी र फेबियान रुइजले गोल गरे । आर्सनकातर्फबाट बुकायो साकाले गोल फर्काए ।
इतिहास रच्न उत्रिएको आर्सनल पाँच वर्षदेखि कुनै पनि प्रतियोगिताको ट्रफीविहिन छ । मिकेल आर्टेटाले २०२० मा एफए कप दिलाएका थिए । र, म्यूनिख भिडन्तले पीएसजीको भविष्य निर्धारण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण