हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
मकवानपुर । हेटौंंडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँको सडकमा वैशाख १९ गते बलेरो जिप भासिएर बेपत्ता भएको घटना अध्ययनका लागि पुगेको टोली काठमाडौँ फर्किएको छ ।
भूगर्भविद्हरुको टोलीले जिप भासिएको स्थान वरिपरि बोरिङ गरेको पानी सङ्कलन गरी ल्याब परीक्षणका लागि लिएर काठमाडौं फर्किएको हो ।
टोली प्रमुख नारायण अधिकारीले त्यो स्थानवरिपरिको जमिनको अवस्था झन् भासिँदै गएकाले अनुसन्धान कार्यमा अवरोध देखिएकाले पानीको ल्याब परीक्षणबाट आएको ‘रिपोर्ट’ अनुसार दोस्रो चरणको अनुसन्धान र खोजतलास गर्ने कार्यलाई तीव्रता दिइने बताए ।
टोलीले मङ्गलबार र उक्त स्थान वरिपरि खोजतलास गरिए पनि हालसम्म जिप फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामुल अर्यालले जानकारी दिए ।
उनका अनुसार भासिएको स्थान वरिपरि आवतजावत गर्न रोकी थप मानवीय र अन्य सवारीसाधनको क्षति हुन नदिन प्रहरीले सुरक्षा घेरामा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण