छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
नयाँ दिल्ली । छत्तीसगढमा जारी माओवादी विरोधी अभियानमा प्रहरीले २२ माओवादी मारिएको दाबी गरेको छ। बुधबार भारतीय प्रहरीले सो दाबी गरेको हो ।
सो घटनाका बारेमा छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्– ‘हाम्रा सुरक्षा बलहरूले बिजापुर जिल्लाको करेगुटा पहाडमा चलिरहेको नक्सल विरोधी अभियानमा ठुलो सफलता हासिल गरेका छन्। अहिलेसम्म २२ भन्दा बढी नक्सालवादीहरू (माओवादीहरु) मुठभेडमा मारिएको रिपोर्ट गरिएको छ।’
उनले भनेका छन्– ‘लाल आतङ्क विरुद्धको निर्णायक लडाइँमा हाम्रा वीर सैनिकहरूको अदम्य साहस, वीरता र बलिदानप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’
एक वरिष्ठ भारतीय प्रहरी अधिकारीले बीबीसीसँगको कुराकानीका क्रममा सो अपरेसनमा २६ जना नक्सलवादीहरु मारिएको दाबी गरे । उनले भने, ‘छत्तीसगढ र तेलंगानाको अन्तरराज्य सीमामा पर्ने करेगुट्टालु नामक पहाड र वरपरका जङ्गलमा केन्द्रित अपरेसन सङ्कल्प अन्तर्गत अहिलेसम्म २६ जना नक्सालवादीहरू मारिएका छन्। यो अपरेसन अप्रिल २१ देखि जारी छ।’
केन्द्रीय र राज्य सुरक्षा बलहरूले करेगुट्टालुका पहाड र गुफाहरूमा ठुलो सङ्ख्यामा माओवादीहरू लुकेर बसेको आशङ्का गरेका छन् । छत्तीसगढको राजधानी रायपुरबाट करिब ४५० किलोमिटर टाढा रहेको करेगुट्टालुमा भएको अपरेसनलाई सुरक्षा बलले माओवादीहरू विरुद्धको ‘निर्णायक’ अपरेसन भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण