राष्ट्रिय सभा निर्वाचन : जनकपुरमा सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रम
वीरगन्ज । आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुर सत्ता गठबन्धनले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सभा निर्वाचन समन्वय समिति (गठबन्धन दल) मधेस प्रदेश जनकपुरले महेन्द्रनारायण निधी मिथिला संस्कृति भवनमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी बनाउन मधेस प्रदेश सभा सदस्य एवं स्थानीय तहका नगर प्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूका लागि अभिमुखीकरण कार्यक्रम राखिएको कार्यक्रममा सहभागी प्रदेश सांसद श्याम पटेलले जनाए ।
अभिमुखीकरण कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका गठबन्धनका प्रदेश सांसदहरू,मेयर÷उपमेयर तथा पालिका प्रमुख÷उपप्रमुखहरूको सहभागिता छ । मधेस प्रदेशमा गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारद्वय आनन्द ढुंगाना र पूजा चौधरीलाई जिताउनका लागि छलफल तथा अभिमुखीकरण कार्यक्रम राखिएको आयोजक समितिले जनाएको छ ।
मधेस प्रदेशको जनकपुरमा गठबन्धनद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रचारप्रसार समिति संयोजक रमेश लेखक, सदस्यहरू माओवादी नेता वर्षमान पुन, जसपा नेता मनिष सुमनसहितका प्रतिनिधिहरूको उपस्थिति छ ।
सत्ता गठबन्धनमा कांग्रेस,माओवादी, नेकपा एस, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । यो सबै दलबाट २ जनाको उम्मेदवारी परेको छ ।
मधेस प्रदेशमा १ सय ७ जना प्रदेशसभा सदस्य, २६७ जना जनप्रतिनिधि गरी ३७४ मतदाता सहभागी हुनेछन् । प्रत्येक प्रदेशसभा सदस्यको मतभार ५३ र प्रत्येक स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।
यस निर्वाचनमा स्थानीय तहको ५ हजार ७३ मतभार र प्रदेशसभा सदस्यको ५ हजार ६७१ मतभार गरी कुल १० हजार ७४४ कुल मतभार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण