मुगुकी सगुनाको संघर्ष ठ्याक्कै ‘टुवेल्थ फेल’ जस्तै
मुगु । ‘जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिले त अवसर नै पाउँदैनन्’ भनेर निराश हुने र वैदेशिक रोजगारीको सोच राख्नेका लागि मुगुकी सगुना परियार ऊर्जाको पात्र बनेकी छन् । एक वर्षभित्र लोकसेवाका सात परीक्षामा नाम निकाल्न सफल मुगुकी २५ वर्षीया स्टाफ नर्स सगुना परियार जसले आत्मविश्वासलाई देखाएकी छन् भने दृढ संकल्पलाई सफलतामा परिणत गर्न सफल भएकी हुन् ।
मुगु छायाँनाथ रारा नगरपालिका–१ छत्यालवाडा गाउँकी सगुनाले हालै संघीय लोकसेवा आयोग कार्यालय दीपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजामा नाम निस्केसँगै सगुनाले एकै वर्षमा सातवटा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् । उनले गत वर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दीपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी थिइन् । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण