शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

माघ २४ मा राप्रपा नेपालले पूर्वाञ्चल स्तरीय प्रशिक्षण गर्ने

सोमबार, ०८ माघ २०८०, १० : २१
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आगामी माघ २४ गते सुनसरीको इटहरीमा उक्त प्रशिक्षण आयोजना गरिएको सो पार्टीले जनाएको छ । यसअघि मुलुकका विभिन्न ६ ठाउँमा पार्टीले यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

महामन्त्री वर्तौलाका अनुसार  सात स्थानमा क्षेत्रीय स्तरको भेला प्रशिक्षण सम्पन्न भएपछि जिल्ला तहमा सघन रुपमा प्रशिक्षण सञ्चालन गरिनेछ । काठमाडौँ, महोत्तरी,रुपन्देही, सुर्खेत, कञ्चनपुर र पोखरामा प्रशिक्षण सम्पन्न गरिसकेको सो पार्टीले अव इटहरीमा गर्न लागेको हो । माघ २४ को कार्यक्रमका सुनसरी जिल्ला समितिको बैठक बसी तयारी सुरु भैसकेको र जिम्मेवारी विभाजन गरी विभिन्न समितिहरू समेत निर्माण गर्ने काम गरिएको सह–महामन्त्री प्रेमप्रसाद भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप