रौतहटमा सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको २४ लाख बढी बरामद
मङ्गलबार, ०९ माघ २०८०, ०९ : ४५
रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँ भन्दा बढी बरामद गरेको छ। सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले यस आर्थिक वर्षको ६ महिना भित्र नेपाली र भारु सहित २४ लाख भन्दा बढी बरामद गरेको हो।
गत असार २२ गते देखि माघ ५ गतेसम्म नेपाली १५ लाख,७६ हजार ८७५ रुपैयाँ र भारु ५ लाख २२ हजार स्रोत नखुलेको रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मीले बताएका छन्। साथै हुन्डी कारोबारमा संलग्न ६ जना मानिस र ३ थान मोटरसाइकल बरामद गरिएको एसपी रेग्मीले बताएका छन्। बरामद रकम, मोटरसाइकल सहित मानिसलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी ११ नम्बर हेक्का रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक
-
ट्रम्पको चेतावनी–'एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ', इरानको जवाफ– 'तपाईंसँग न सभ्यता छ, न सम्मान'
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण