मुलुकको राष्ट्रिय अस्तित्व क्षतविक्षत हुने अवस्थामा छः पूर्वराजा
शुक्रबार, ३० चैत २०७४, १८ : ५६
काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय अस्तित्व क्षतविक्षत हुने अवस्थामा पुगेको बताएका छन् । नयाँ वर्ष २०७५ सालको अवसरमा आज एक शुभकामना विज्ञप्ति जारी गर्दै उनले मुलुकलाई शब्दजालको भूलभूलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व क्षतविक्षत तुल्याइने खतरा रहेको बताएका हुन् ।
शाहले विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचिरहँदा नेपालीले पनि त्यो चाहना राख्नु स्वभाविक भएको तर त्यसो हुन नसकेको संकेत जनाएका छन् । विज्ञप्तिमा पूर्वराजा शाहले राष्ट्रियता जनताको हार्दिकतासँग गाँसिएको संवेदनशील प्राणत्व भएको समेत स्पष्ट पारेका छन् ।
उनले आफुले एक नेपालीले अर्को नेपालीलाई देख्दा झस्कनु पर्ने अवस्था आउन नहुने बताउँदै शासक प्रशासकहरुको व्यवहार समेत जनमुखी हुनुपर्नेमा जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण