राष्ट्रियसभा निर्वाचन
लुम्बिनी प्रदेशमा ९८ प्रतिशत मतदान
बिहीबार, ११ माघ २०८०, १४ : ००

बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको निर्वाचनमा दिउँसो १ बजे अगाडिसम्म ९८ प्रतिशत मतदान भएको छ । अब दश भोट मात्रै खस्न बाँकी रहेको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशसभा तर्फका दुई जना र स्थानीय तह तर्फका आठ जनाले मतदान गर्न बाँकी छ ।
घोराही उपमहानगरपालिका – १५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा बिहान ९ बजेपछि मतदान सुरु भएको थियो ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल एकसय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरी कुल तीनसय पाँच जना मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईएमआर बन्यो आईरिस सर्टिफिकेट पाउने नेपालको पहिलो मेनपावर कम्पनी
-
शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका
-
‘देश त हाम्रो हो, तर राज्य हाम्रो हुन सकेन’
-
अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, बुधबार मतदान हुने
-
कमेडी दरबारमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराईको इन्ट्री
-
‘घोक्ने होइन, बुझ्ने र व्यवहारमा उतार्ने शिक्षाको पक्षमा जेन–जी