सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
जाडोमा चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी
फोटोफिचर

जाडोमा चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी

शनिबार, १३ माघ २०८०
  • स्कन्द गौतम / नेपाल फोटो लाइब्रेरी

चितवन । अहिलेको मौसममा हिमाली भेगमा हिउँ पर्दैछ । पहाड र तराइमा कतै हुस्सु लाग्ने त कतै शीतलहरको बेला छ। 

Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM1

सामान्यता माघ अन्तिमसम्मै देशभर तापक्रम न्यून नै रहन्छ । जाडोले हाम्रो दैनिक जीवनमा पक्कै पनि असर गर्छ ।  हामी घर भित्र न्यानो भएर बस्छौ । यस्तो जाडो मौसममा जङ्गलमा बस्ने जनावर चराचुरुङ्गीहरू के गरिरहेका होलान्? हामी चितवन राष्ट्रिय  निकुञ्ज जाडोमा जनावर र चराचुरुङ्गी को दिनचर्या हेर्ने छौँ ।

Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM2

भर्खरै मात्र भरतपुर महानगरपालिकाले अङ्ग्रेजी नयाँ वर्षलाई भ्रमण वर्ष घोषणा गरेको छ । चिसो मौसममा  धेरै जसो जनावरहरू घाम ताप्न बाहिर निस्कने भएकाले जाडो मौसममा पनि धेरै प्रजातिका चराचुरुङ्गी र जनावरहरू देख्न सकिन्छ।  

Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM3

 निकुञ्जको बिहानी घाम नलागी हुस्सुबाट सुरु हुन्छ। जाडोले घाम लागेको दिनमा घाम ताप्न जनावरहरू हिँडिरहेको देख्न सक्छौँ ।

Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM4

 तर जाडोमा बाह्य पर्यटकहरूको चहलपहल भने कम हुने गर्दछ । जाडो बिदामा विद्यालयको भ्रमण र विद्यार्थीहरुको बिदा हुने भएकाले फ्याट फुट्ट आन्तरिक पर्यटकको  चहलपहल भने सौराहा बजार तथा निकुञ्ज क्षेत्रतिर कायम नै छ ।

Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM5

नेपालको पहिलो चितवन राष्ट्रिय विश्वमै दुर्लभ वन्यजन्तुहरूको मुख्य वासस्थान क्षेत्र हो । चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रूपमा विसं.२०३० साल असोज ४ गते (सन् १९७३ सेप्टेम्बर २०) स्थापना भएको हो । 

Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM6

नेपालका विभिन्न स्थानका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटक पनि पुग्ने गर्दछन् । निकुञ्जको यसको क्षेत्रफल ९५२ दशमलव ६ वर्ग किमी रहेको छ । यसले चितवन, मकवानपुर, पर्सा र नवलपुर जिल्लाका केही भू–भागहरूलाई ओगटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालले ढाकेको छ ।

Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM7

निकुञ्जमा गैँडा, पाटे बाघ,पाटे बाघ, सोस, गौरी गाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङ्गे, बाँदर र लङ्गुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावरहरू पाइन्छन् ।

Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM8Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM9Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM10Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM12Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM13Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM14Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM15Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM16Wildlife Chitwan-Nepal Photo Library-SKANDA GAUTAM17

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया