सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
शुक्रबार, ०८ साउन २०८३, १३ : ३४
सारांश
- सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आइतबारको सार्वजनिक बिदा लामो समयसम्म कायम रहने बताएका छन् ।
- उनले सरकारले तत्काल बिदा हटाउने नसोचेको र अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः दुई दिन बिदाको रहेको बताए ।
- सरकारले गत चैत २२ गतेदेखि सातामा दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको थियो ।
काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको बिदा लामो समयसम्म जाने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म अगाडि बढ्ने बताएका हुन् ।
शिक्षा मन्त्री पोखरेलले शिक्षा पत्रकारहरूसँग भने- ‘दुई दिन बिदा कायम हुन्छ । सरकारले तत्काल बिदा हटाउने सोचेको छैन । अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः दुई दिन नै बिदा भइरहेको छ ।’
सरकारले गत चैत २२ गते सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको थियो । यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण