ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
सारांश
- आईजीपी दानबहादुर कार्कीले ट्राफिक नियम उल्लङ्घन गरेबापत जरिवाना बढाउन लागिएको आलोचना भइरहेका बेला चालकहरूलाई ट्राफिक कारबाहीमा नै नपर्ने गरी सवारी चलाउन आग्रह गरेका छन् ।
- आईजीपी कार्कीले जरिवाना काट्नै नपरोस् भन्ने चाहेको तर मादक पदार्थ सेवन र हेलमेट नलगाएका कारण कारबाही गर्नुपर्ने बाध्यता रहेको बताए ।
- उनले सुरक्षित समाज निर्माणका लागि जनचेतना र नागरिक सहभागिता आवश्यक रहेको र ट्राफिक शिक्षा स्कुल तहदेखि नै सुरु हुनुपर्नेमा जोड दिए ।
काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरेबापत लिइने जरिवाना बढाउन लागिएको भन्दै आलोचना भइरहेको छ । जरिवाना बढाउने विधेयक मस्यौदा भइरहँदा आईजीपी दानबहादुर कार्कीले ट्राफिक कारबाहीमा नै नपर्ने गरी सवारी साधन चलाउन सवारी चालकहरूलाई आग्रह गरेका छन् ।
मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै आईजीपी कार्कीले भने– ‘जरिवाना काट्नै नपरोस्, जरिवानाको टिकट लेख्नै नपरोस् भन्ने लाग्छ ।’ तर, मादक पदार्थ सेवन गरेको र हेलमेट नलगाएको भेटिएपछि काट्नुपर्ने बाध्यता भएको उनले बताए ।
गाडी र मोटरसाइकल चलाउँदा पाँचौँ पटक सम्म कारबाहीमा परेकालाई उनले भने– ‘त्यस्ता चालकलाई सद्बुद्धि पलाओस् भन्ने शुभकामना दिन चाहन्छु ।’
कानुन कार्यान्वयनबाट मात्र सुरक्षित समाज निर्माण नहुने उल्लेख गर्दै आईजीपी कार्कीले सुरक्षित समाज निर्माण गर्न प्रभावकारी जनचेतना र नागरिकको सक्रिय सहभागिता आवश्यक हुने बताए । ट्राफिक शिक्षा स्कुल तहदेखि नै हुनुपर्ने कार्कीले बताए । उनले भने– ‘स्कुल तह देखि नै ट्राफिक शिक्षा भइदिए हुन्थ्यो ।’
उच्च शिक्षा अध्ययन गर्नेहरूमा पनि ट्राफिक नियम मान्नुपर्छ भन्ने बोध नभएको कार्कीले बताए । उनले भने– ‘डिग्री हासिल गरेकाले पनि नियम उल्लङ्घन गर्दै गरेको प्रहरीले भेट्टाउन नपरोस् ।’
अभिभावकले नियम उल्लङ्घन गरे बालबालिकाले सिक्ने चिन्ता भएको कार्कीले बताए । उनले भने– ‘हामीले नियम उल्लङ्घन गरे बालबालिकाले सिक्छन् कि भन्ने चिन्ता हो ।’ असल व्यवहार घर र कार्यस्थलबाट सुरु हुने कार्कीले बताए ।
२०६९ मा स्थापना भएको मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जले आफ्नो स्थापनाको १४ वर्ष पुरा गरेको छ । आईजीपी कार्की, प्रहरीका एआईजीहरू, महानायक राजेश हमाल, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ लगायतका अतिथिहरूको उपस्थितमा एफएमको वार्षिक उत्सव भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शुक्रबार सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे १ लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण