जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
शुक्रबार, ०८ साउन २०८३, ११ : ४८
काठमाडौँ । काठमाडौँको जोरपाटीबाट एसएलआर राइफलमा प्रयोग हुने ६ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१ नक्साल ज्यापुटोल स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी टेलिकम नजिक डेरा गरी बस्ने ४३ वर्षीय विकास महर्जन रहेका छन्।
प्रहरी चौकी जोरपाटीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले ग्यास सिलिन्डर चोरीमा संलग्न रहेको आशङ्काका आधारमा महर्जन बस्दै आएको डेरा कोठामा चेकजाँच गरेको थियो। सोही क्रममा कोठाभित्र लुकाएर राखिएको अवस्थामा एसएलआर राइफलको ६ राउण्ड गोली फेला परेपछि प्रहरीले उक्त गोली बरामद गर्दै उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका महर्जनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
-
हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
-
पेपर लिक संशोधन विधेयकलाई क्याबिनेटको स्वीकृति, २७ जुलाईमा संसदमा पेस गरिने
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण