आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विकास–निर्माणमा सरकार असफल भयो : महासचिव पोखरेल

शनिबार, १३ माघ २०८०, १२ : ०५
शनिबार, १३ माघ २०८०

गलकोट । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् । 

एमालेबागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए । उनले राजश्व सङ्कलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए । 

आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी सङ्गठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए ।  राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप