नेपालले बिआरआईबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना छन्: महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरू छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कम्युनिस्ट पार्टीहरूबिचको छलफलका क्रममा उनले बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्ने कुरामा आफूहरू पछि परेको बताए ।
उनले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँदै नेपाल र चीनका बिचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको जिकिर गरे । महासचिव पोखरेलले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको रहेको जिकिर गरे ।
बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठुला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने उनले बताए । उनले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न पनि आग्रह गरे ।
महासचिव पोखरेलले नेपाल र चीन बिचको भूगोललाई चुनौती नभई अवसरका रूपमा लिएर अघि बढ्न सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण