नेपालले बिआरआईबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना छन्: महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरू छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कम्युनिस्ट पार्टीहरूबिचको छलफलका क्रममा उनले बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्ने कुरामा आफूहरू पछि परेको बताए ।
उनले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँदै नेपाल र चीनका बिचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको जिकिर गरे । महासचिव पोखरेलले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको रहेको जिकिर गरे ।
बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठुला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने उनले बताए । उनले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न पनि आग्रह गरे ।
महासचिव पोखरेलले नेपाल र चीन बिचको भूगोललाई चुनौती नभई अवसरका रूपमा लिएर अघि बढ्न सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा टेलिकमको फोरजी मोबाइल सेवा विस्तार
-
१५ प्रतिशतभन्दा माथि बेरुजु हुने स्थानीय तह एउटा मात्रै
-
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण : नेता भट्टराई
-
बेपत्ता छानबिन र सत्यनिरुपण आयोग पदाधिकारी नियुक्ति गर्ने मन्त्रिपरिषद्को तयारी
-
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ, एक वर्षमा ९१ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ थप
-
रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति ह्रास भइरहेको छ : सहमहामन्त्री डिना