पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट एक खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन
_2vDFSRPn5M.jpg)
काठमाडौँ । पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपैयाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो ।
सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत एक हजार दुई सय मेगावाटको बुढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि भन्सार बिन्दुमै पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको थियो । सरकारले आव २०७७/७८ को बजेटबाट पाँच रुपैयाँबाट डिजेल, पेट्रोल र हवाई इन्धनमा सङ्कलन गर्दै आएको कर बढाएर १० रुपैयाँ पुऱ्याएको थियो।
इन्धन आयात गरेबापत मासिक रूपमा भन्सार बिन्दुमै पूर्वाधार करबापत डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटरमा १० रुपैयाँ शुल्क सङ्कलन हुँदै आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भन्सारबिन्दुमै पूर्वाधार कर सङ्कलन गरी सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
डुप्लान्टिसले पोल भल्टमा १२ औँ पटक विश्व कीर्तिमान तोडे
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण