चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पताल हुनु हुँदैनः सचेतक बर्तौला
काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल हुनु नहुने बताएका छन् ।
सोमवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रीय अस्पताल कुन हो ? भन्दै प्रश्न गरे । उनले यो विधेयक असाध्यै स्पष्ट ढङ्गले ल्याएको र विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रीय अस्पतालका रूपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याएको देखिने बताए ।
उनले प्रतिष्ठानअन्तर्गत रहने हो भने सरकारले भनेको कुराहरू अस्पतालहरूले नमान्ने स्थिति आउने विगतको अनुभवबाट जानकारी पाएको बताए । न्याम्स प्रतिष्ठान मात्रै भएकाले आफ्नो युनिभर्सिटी बनाउन नसके सो समयसम्म वीर अस्पतालसँग सम्झौता गरेर चलाउन सकिने बताए ।
उनले भने, ‘यो विधेयक असाध्यै स्पष्ट ढङ्गले सरकारले ल्याएको छ जस्तो देखिन्छ । विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रीय अस्पतालका रूपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याएको छ । सिङ्गो देशलाई ध्यान दिएर हामीले बनाउने कानुन के हो भने नेपाल सरकारको अब यहाँहरूले भनेकै जस्तो न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रीय अस्पताल कुन हो ? मलाई एक पटक बताइदिनुहोस् न । प्रतिष्ठानभित्र जब त्यो वीर अस्पतालभित्र तपाईँहरू पनि हुने भोलि ट्रमा पनि जोडिँदै जाने भन्ने ढंगबाट जाने हो देशको केन्द्रीय अस्पताल कुन हो ? आज टिचिङ सरकारले भनेको अनुसार हुन्छ । बिपी सरकारको सिधै भनेअनुसार छ ? पाटन छ ? वीर अस्पताल पनि प्रतिष्ठानअन्तर्गत लिएर गएर । न्याम्स एउटा प्रतिष्ठान हो, उसले आफ्नो युनिभर्सिटी, आफ्नो कलेज आफ्नो बनाउनुपर्छ । बनाउन सक्दैन भने त्यति बेलासम्म उसले वीर अस्पतालसँग एमओयु गरेर चलाउन सक्छ । कोभिडको समयमा वीर अस्पतालले नेपाल सरकारलाई सहयोग गरेन ।’
समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद जीवन परियारले लामो समयसम्म पनि चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठानले किन एमबीबीएसको पढाई सुरु गर्न सकिरहेको छैन ? भन्दै प्रश्न गरे । उनले प्रतिष्ठानले आफैँ स्वायत्त ढङ्गले काम गर्न नसक्दा प्रगति हुन नसकेको हो ? भन्ने प्रश्न गरे ।
सांसद परियारले भने, ‘यसमा वीर अस्पताल, स्वास्थ्य मन्त्री र सरोकारवाला अन्य व्यक्तिलाई समेत राखेर न्याम्सका पदाधिकारी सबै राखेर । मलाई सम्झना के छ भने म अघिल्लो पटक संसद्मा हुँदा हामीले गण्डकी पश्चिमाञ्चल अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग जोडेर नै काम गरेका छौँ । त्यो अलिकति फरक प्रकृतिको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै खालको ऐन छ । बिपीको आफ्नै ऐन छ । वीर अस्पतालले पनि दुई वटा मात्रै एमडिएमएसको पढाइ गराउँछ । दुई कोटा दिन्छ भने गंगालाल र काठमाडौँ युनिभर्सिटीलाई पनि दुई वटा नै दिन्छ । यति लामो समय हुँदा पनि चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठानले किन एमबीबीएसको पढाई सुरु गर्न सकिरहेको छैन ? यसका पछि पनि धेरै कुराहरू आएका छन् । यो प्रतिष्ठानले आफैँ स्वायत्त ढङ्गले काम गर्न नसक्दा यसको उन्नति प्रगति हुन नसकेको हो की ? के कारणले गर्दा वीरमा आश्रित हुनुपरेको हो । केन्द्रीय अस्पताल नै रहनुपर्छ वीर अस्पताल भन्ने पनि एकातर्फ कुरा उठेको छ ।’
सांसद परियारले वीर अस्पताल केन्द्रीय अस्पताल नै रहनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण