सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

३६ लाखभन्दा बढी मूल्यको कस्मेटिक सामान र जुत्ता बरामद

मङ्गलबार, १६ माघ २०८०, १८ : १५
मङ्गलबार, १६ माघ २०८०

पर्सा । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित भुटनदेवी मन्दिर नजिकैबाट माघ १६ गते सशस्त्र प्रहरीले करिब ३६ लाख ४० हजार रुपैयाँ बराबरको चोरी पैठारीको कस्मेटिक सामान र जुत्ता बरामद गरेको  छ ।

सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठका अनुसार भारतबाट अवैध रूपले साइकलहरूमा राखी ल्याउँदै गरेको कस्मेटिक सामान र जुत्ता प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्तिहरू भने फरार भएका थिए । बरामद सामान वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप