सुन र नगद चोरीमा संलग्न रहेको अभियोगमा युवक पक्राउ
बिहीबार, १८ माघ २०८०, १२ : ००
ईलाम । ईलाममा सुनको गहना र नगद चोरी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय प्रकाश साँवा (लिम्बु) रहेका छन् ।
साँवाले फाकफोकथुम गाउँपालिका-१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रुपैयाँ चोरी गरेको आरोप छ । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बुद्धिमानको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रकाशलाई चोरी भएको सुनसहित फेला पारी पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
-
स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
-
प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण