काठमाडौँमा एकै दिन दुई ठाउँमा चोरी

काठमाडौँ । काठमाडौँमा बुधबार एकै दिन दुईवटा घरबाट गहना र नगद चोरी भएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-४ घर भएका ४० वर्षीय रामहरी सिमखडाको कोठा चोरी भएको हो ।
कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुनका विभिन्न गहना र नगद ४६ हजार ४ सय रुपैयाँ गरी करिब ४ लाख ४ सय रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको प्रहरीको भनाई छ ।
यसैगरी काठमाडौँ महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने सोही महानरपालिका-२१ मरु गणेश घर भएका ३० वर्षीय सुजन जोशीको कोठाबाट ताल्चा फोडेर सुनका विभिन्न गहना र नगद ३२ हजार रुपैयाँ गरी करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा