काठमाडौँमा एकै दिन दुई ठाउँमा चोरी
काठमाडौँ । काठमाडौँमा बुधबार एकै दिन दुईवटा घरबाट गहना र नगद चोरी भएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-४ घर भएका ४० वर्षीय रामहरी सिमखडाको कोठा चोरी भएको हो ।
कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुनका विभिन्न गहना र नगद ४६ हजार ४ सय रुपैयाँ गरी करिब ४ लाख ४ सय रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको प्रहरीको भनाई छ ।
यसैगरी काठमाडौँ महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने सोही महानरपालिका-२१ मरु गणेश घर भएका ३० वर्षीय सुजन जोशीको कोठाबाट ताल्चा फोडेर सुनका विभिन्न गहना र नगद ३२ हजार रुपैयाँ गरी करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण