मन्त्रिपरिषद् बैठक
राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर, वायु सेवाको उपाध्यक्षमा राई नियुक्त
बिहीबार, १८ माघ २०८०, १९ : ००
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै, उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको प्रस्तावमा सो मन्त्रालयका मन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा नेपाल वायु सेवा निगम ऐन २०१९ दफा ४ को उपदफा ४ बमोजिम नेपाल वायु सेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय भएको शर्माको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण