गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

काठमाडौँ । काठमाडौँकी २३ वर्षीया सिर्जना शर्मा ( नाम, थर परिवर्तन ) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् ।
उनले आपत्कालीन बेलामा खानुपर्ने गर्भनिरोधक औषधि पटकपटक सेवन गरेका कारण समस्या आएको उपचारमा संलग्न प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मधु श्रेष्ठले बताइन् । उनले अविवाहित अवस्थामै प्रेमीसँग सम्बन्धमा रहेकाले आपत्कालीन गर्भनिरोधक औषधि सेवन गर्थिन् । 'विवाह नभएकाले उनीहरूमा बच्चा जन्माउने योजना हुने कुरा भएन तर सम्बन्धमा रहेकाले पटकपटक यस्तो चक्की खाएको देखियो,' डा. श्रेष्ठले भनिन् ।
पटकपटक आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुग्ने धेरै छन् । गर्भनिरोधक औषधि प्रयोग गर्नेमा विवाहितको तुलनामा अविवाहित र कम उमेरका बढी छन् । 'धेरै त अविवाहित तर सम्बन्धमा रहेका युवतीले आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेको पाइन्छ,' वरिष्ठ स्त्रीरोग विशेषज्ञ गीता गुरुङले भनिन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डुप्लान्टिसले पोल भल्टमा १२ औँ पटक विश्व कीर्तिमान तोडे
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण