लघुकथा : उदारता
प्राइभेट क्लिनिकका डाक्टरले दुई जना बिरामीको पालैपालो चेक जाँच गरे । ती थिए, एक जना व्यापारी र अर्को मजदुर ।
`ल लिनुस्, हजुरको औषधि !´ झोला थमाउँदै डाक्टरले व्यापारी बिरामीलाई बिल दिए । `मसँग भएको पैसाले पुगेन, डाक्टर साहेब ! पाँच सय अपुग हुन्छ । बरु औषधि घटाइदिनुस् । म भोलि पैसा ल्याएर बाँकी पाँच सयको औषधि पनि भोलि नै लैजान्छु ।´ व्यापारी बिरामीले यति भनेपछि डाक्टरले `बाँकी पाँच सय दिँदै गर्नुहोला, सबै औषधि लैजानुस् ।´भनेर उदारता देखाए ।
'ल लिनुस्, हजुरको औषधि !´ झोला थमाउँदै डाक्टरले मजदुर बिरामीलाई पनि त्यस्तै भाषा प्रयोग गरेर बिल दिए । बिरामी व्यापारीलाई डाक्टरले गरेको उदार व्यवहारबाट मजदुर प्रभावित भएको थियो । त्यही बुझेर डाक्टरप्रति विश्वस्त हुँदै मजदुरले आफूसँग सय रुपैयाँ अपुग हुने कुरा गर्यो र भोलि नै तिरिदिने विश्वास दिलाउन खोज्यो ।
मजदुर बिरामीको कुरा सुनेपछि डाक्टरले बिरामीको हातबाट झोला खोसे अनि दुई पत्ता जति औषधि झिकेर टेबुलमा राख्दै भिन्नै खालको उदारताका साथ बाँकी औषधि थमाएर भने- `तपाईंले बाँकी पैसा पनि दिनु पर्दैन । भोलि आउने झन्झट पनि व्यहोर्नुपर्दैन । यति औषधिले तपाईंलाई सन्चो हुन्छ ।´
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण