सरकारका कामकारबाहीले गर्दा देश लथालिङ्ग भयो: उपाध्यक्ष पौडेल
शनिबार, २० माघ २०८०, १० : ४५

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । आज रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता—२०८० को अवसरमा बोल्दै उनले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गरे ।
उनले राजनीति सङ्लो नभएसम्म देश ठिक ढङ्गबाट अघि बढ्न नसक्ने दाबी गरे । उनले सरकार र सरकारका कामकारबाहीहरूले गर्दा देश लथालिङ्ग र भताभुङ्ग भएको बताए ।
उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतीपूर्ण परिस्थिति रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा