शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित बुबा र दुई छोरा पक्राउ

शनिबार, २० माघ २०८०, १८ : ५५
शनिबार, २० माघ २०८०

 सिरहा । नेपाल प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकै परिवारका तीन जनालाई नियन्त्रणमा लिएको छ । विभिन्न प्रकारका प्रतिबन्धित लागु औषधसहित लहान नगरपालिका ७ घर भई हाल ८ नम्बर वडामा डेरा गरी बस्ने ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराहरू २९ वर्षीय प्रमोद र २५ वर्षीय राकेशलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको संयुक्त टोलीले उनीहरूको साथबाट कोडबिल सय एमएलको १५ बोतल, वीक्सडीन सय एमएलको ६५ बोतल, डाईजीफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल र नुरफ्रेन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्र राज पाण्डेले जानकारी दिए। 

प्रहरीले उनीहरूको साथबाट एक लाख ३९ हजार नगद समेत बरामद गरेको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप