बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलको बैठक
काठमाडौँ । सङ्घीयता कार्यान्वयनबारे छलफल गर्न बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेबाट सुरु भएको बैठकमा सत्ता साझेदारसहित मुख्यमन्त्रीहरू समेत सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका नेता महन्थ ठाकुर सहभागी छन् । त्यस्तै कांग्रेसका उपसभापति समेत रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कांग्रेस महामन्त्री गगन थापा, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, जसपाका राजेन्द्र श्रेष्ठ पनि छलफलमा सहभागी छन् ।
छलफल सङ्घीयता कार्यान्वयनका सवालमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘विशेष त छलफल सङ्घीयता कार्यान्वयनबारे केन्द्रित रहेको बुझिएको छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘छलफलमा मुख्यमन्त्रीहरू पनि सहभागी हुनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण