शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बर्दिबासमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुको मृत्यु

शुक्रबार, २६ माघ २०८०, १० : ४४
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । महोत्तरीको बर्दिबासमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय जयहरि घिमिरे छन् । 

बिहान १ बजेतिर बर्दिबास नगरपालिका–४ स्थित माइस्थानमा बा.४० प ४९४० नम्बरको मोटरसाइकललाई ना. ५ ख ८५८७ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एक जना अधिकृतले जानकारी दिए । 

ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप