सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी स्थायी समिति बैठकमा मस्यौदा विधानमाथि छलफल सुरु

शुक्रबार, २६ माघ २०८०, १७ : २८
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मस्यौदा कमिटीले आफ्नो प्रतिवेदन पेश गरेको हो ।

उक्त प्रस्थानमाथि छलफल सुरु भएको र बैठक शनिबार पनि जारी रहने नेताहरुले बताएका छन् । 

फागुन १ देखि हुन लागेको प्रथम विधान अधिवेशनअघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप दिने छ । 

मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत भएको पार्टीका सचिव गणेश साहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप