उपत्यका विशेष समितिलाई बागमती विशेष प्रदेश बनाउन प्रस्ताव
आइतबार, २८ माघ २०८०, १४ : ०४
काठमाडौँ । नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज वर्षमान पुन ‘अनन्त’ले काठमाडौँ उपत्यकाको पार्टीको संरचना विकास गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा उपत्यका विशेष प्रदेशको तर्फबाट रिपोर्टिङ गर्दै उनले उपत्यका विशेषलाई बागमती विशेष प्रदेशमा विकास गर्नुपर्ने र सम्पर्क समन्वयसँग जोडिएर संरचना बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
अभियानको क्रममा उनले ९० प्रतिशत नेताहरू सक्रिय रहेको बैठकलाई ब्रिफिङ गरेका छन् । अभियानले निष्क्रिय भएको पार्टीलाई सक्रिय बनाउन मद्दत गरेकाले अधिवेशनपछि अभियानलाई निरन्तर दिनुपर्ने बताएको एक नेताले जानकारी दिए। पुनपछि सम्पर्क समन्वय प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलले रिपोर्टिङ गरेका थिए । अहिले प्रवास प्रदेश इन्चार्ज राम कार्कीले बैठकलाई रिपोर्टिङ गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आजको पञ्चाङ्ग र राशिफल : कस्तो छ तपाईँको दिन?
-
विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?
-
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
-
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण