सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका विशेष समितिलाई बागमती विशेष प्रदेश बनाउन प्रस्ताव

आइतबार, २८ माघ २०८०, १४ : ०४
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज वर्षमान पुन ‘अनन्त’ले काठमाडौँ उपत्यकाको पार्टीको संरचना विकास गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा उपत्यका विशेष प्रदेशको तर्फबाट रिपोर्टिङ गर्दै उनले उपत्यका विशेषलाई बागमती विशेष प्रदेशमा विकास गर्नुपर्ने र सम्पर्क समन्वयसँग जोडिएर संरचना बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । 

अभियानको क्रममा उनले ९० प्रतिशत नेताहरू सक्रिय रहेको बैठकलाई ब्रिफिङ गरेका छन् । अभियानले निष्क्रिय भएको पार्टीलाई सक्रिय बनाउन मद्दत गरेकाले अधिवेशनपछि अभियानलाई निरन्तर दिनुपर्ने बताएको एक नेताले जानकारी दिए। पुनपछि सम्पर्क समन्वय प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलले रिपोर्टिङ गरेका थिए । अहिले प्रवास प्रदेश इन्चार्ज राम कार्कीले बैठकलाई रिपोर्टिङ गरिरहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप