बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई दियो नागरिकता

सोमबार, २९ माघ २०८०, ०९ : २०
सोमबार, २९ माघ २०८०

काठमाडौँ । सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई नागरिकता दिएको छ । युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसको प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभरबाट ८ लाख ७८ हजार ५ सय विदेशीले अमेरिकी नागरिकता लिएका हुन् ।

प्रतिवेदनअनुसार मेक्सिन १२.७ प्रतिशत, भारतीय ६.७ प्रतिशत, फिलिपिन्स ५.१ प्रतिशत, डोमिनिकन ४ प्रतिशत र क्युबाका ३.८ प्रतिशत नागरिकलाई अमेरिकाले नागरिकता दिएको छ ।  नागरिकता लिनेहरूमा मेक्सिकन १ लाख ११ हजार ५ सय, भारतीय ५९ हजार १ सय, फिलिपिनी ४४ हजार ८ सय, डोमिनिकन ३५ हजार २ सय जना छन् । 

त्यस्तै, क्युबाका ३३ हजार २ सय, भियतनामी ३२ हजार ८ सय, चिनियाँ २५ हजार ८ सय, एल सल्भाडरका २१ हजार १ सय, जमाइकाका २० हजार २ सय, कोलम्बियन १७ हजार १ सयले अमेरिकी नागरिकता लिएका छन् । यीबाहेक अन्य देशहरूबाट ४ लाख ७७ हजार ८ सयले नागरिकता लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप