सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई दियो नागरिकता
सोमबार, २९ माघ २०८०, ०९ : २०
काठमाडौँ । सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई नागरिकता दिएको छ । युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसको प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभरबाट ८ लाख ७८ हजार ५ सय विदेशीले अमेरिकी नागरिकता लिएका हुन् ।
प्रतिवेदनअनुसार मेक्सिन १२.७ प्रतिशत, भारतीय ६.७ प्रतिशत, फिलिपिन्स ५.१ प्रतिशत, डोमिनिकन ४ प्रतिशत र क्युबाका ३.८ प्रतिशत नागरिकलाई अमेरिकाले नागरिकता दिएको छ । नागरिकता लिनेहरूमा मेक्सिकन १ लाख ११ हजार ५ सय, भारतीय ५९ हजार १ सय, फिलिपिनी ४४ हजार ८ सय, डोमिनिकन ३५ हजार २ सय जना छन् ।
त्यस्तै, क्युबाका ३३ हजार २ सय, भियतनामी ३२ हजार ८ सय, चिनियाँ २५ हजार ८ सय, एल सल्भाडरका २१ हजार १ सय, जमाइकाका २० हजार २ सय, कोलम्बियन १७ हजार १ सयले अमेरिकी नागरिकता लिएका छन् । यीबाहेक अन्य देशहरूबाट ४ लाख ७७ हजार ८ सयले नागरिकता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण