सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा नवाज शरीफ र बिलावल भुट्टोको पार्टीबीच गठबन्धनको घोषणा

सोमबार, २९ माघ २०८०, १० : ४८
सोमबार, २९ माघ २०८०

इस्लामावाद । पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष सेहबाज सरिफ र पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो र आसिफ अली जर्दारीबीच भेटवार्ता पछि दुवै दलले देशमा नयाँ सरकार गठनका लागि राजनीतिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

लाहोरस्थित बिलावल हाउसमा दुई दलबीच भेटवार्ता भएको थियो । दुई दलबीच राजनीतिक परिस्थितिबारे कुराकानी गरेका थिए । सरकार गठनका कसरी गर्नेभन्नेबारे दुबै दलबीच छलफल भएको थियो ।

बैठकपछि जारी विज्ञप्ति अनुसार मुस्लिम लिग (एन) र पिपुल्स पार्टीबीच राजनीतिक सहकार्यका लागि सैद्धान्तिक सहमति भएको छ । भेटमा देशको समग्र अवस्था र भावी राजनीतिक सहकार्यबारे पनि छलफल भएको थियो । मुलुकमा राजनीतिक स्थायित्व ल्याउन दुवै दलले गठबन्धनमा सरकार बनाउने निर्णय गरेका छन् ।

पाकिस्तानमा फेब्रुअरी ८ मा भएको राष्ट्रिय सभाको निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तारिक–ए– इन्साफले समर्थन गरेको स्वतन्त्र उम्मेदवारहरुले सबैभन्दा बढी सिटमा जितेका थिए । पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले ९३ सिट जित्दा पीएमएल–एनले ७५ सिट र पीपीपीले ५४ सिट जितेका थिए ।

पाकिस्तानको नेशनल एसेम्बलीमा ३६६ सिट छ । यीमध्ये प्रत्यक्ष निर्वाचनमार्फत २६६ सिटमा प्रतिनिधिहरू चयन गरिन्छ । ६० सिट महिलाका लागि र १० सिट गैर मुस्लिम प्रतिनिधिका लागि आरक्षित गरिएको छ । प्रत्यक्ष निर्वाचनमा २६६ सिटमा भएको चुनावमा सरकार बनाउन कुनै पनि दललाई १३४ सिट चाहिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप