काठमाडौँको एक घरबाट ६० लाख बराबरको चोरी

काठमाडौँ । काठमाडौँको एक घरबाट आइतबार साँझ ६० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । गोकर्णेश्वर नगरपालिका-४ माकालबारी नजिक बस्ने दुर्गा माया आलेमगरको घरमा सो चोरी भएको हो ।
घरमा कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना र नगद २५ लाख रुपैयाँ गरी करिब ६० लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ । यसैगरी काठमाडौँकै गोकर्णेश्वर नगरपालिका-३ गोकर्ण बस्ने गीता राईको घरबाट सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
उता स्याङ्जाको वालिङ नगरपालिका-१० ब्यार्थोक बस्ने टिक बहादुर गुरुङको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब ८ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । गुरुङ लगायत उनका परिवार माघ २१ गते भारतमा पेन्सन बुझ्न गई २७ गते घरमा आउँदा चोरी भएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा