गुरुकुल वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति भएको बताएका छन् । उनले गुरुकुल शिक्षाले मौलिक संस्कृति र आफ्नो माटोको रक्षार्थ महत्त्वपूर्ण योगदान गर्ने बताए ।
देवघाटधाममा सञ्चालित गार्गी कन्या गुरुकुलको सहयोगार्थ मंगलबारदेखि काठमाडौँको पाशुपत क्षेत्रमा आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गार्गी गुरुकुल देशकै पहिलो कन्या गुरुकुलको रूपमा सञ्चालन भएकोप्रति खुसी व्यक्त गरे ।
‘गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो । यसबाट उत्पादन भएका विद्यार्थीहरूले मौलिक संस्कृति र माटोको रक्षार्थ महत्त्वपूर्ण भूमिका खेल्न सक्दछन् भन्ने लाग्दछ,’ उनले भने ।
उनले देशकै पहिलो कन्या गुरुकुलले गुरुकुलको वातावरणमा वैदिक ज्ञानसँगै अन्य विधाहरूमा समेत ज्ञान प्रदान गरेर उच्च शिक्षासम्मको पढाइका लागि सहयोग पु¥याउनुपर्ने बताए ।
‘गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । हामीले महिलाहरूलाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्न सक्नुपर्दछ । यसका लागि राज्यले पनि विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण