कालीमाटी फलफूल तथा तरकारी बजारलाई व्यवस्थित बनाउनुपर्नेमा जोड
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई व्यवस्थित गर्न विज्ञले सुझाएका छन् । समितिको ३० औँ वार्षिकोत्सव कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कालीमाटी बजारलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिए ।
कालीमाटी बजार केन्द्रीयस्तरको भएकाले पारदर्शी ढङ्गले काम गर्नु पर्ने उनको भनाइ थियो । कृषि विभागका महानिर्देशक डा. हरि बहादुर केसीले किसानले तरकारीको सही मूल्य पाउने वातावरण मिलाउन समितिलाई सुझाए ।
यस्तै किसानको कृषि उपजलाई सहजरूपमा बजारसम्म ढुवानीमा सहयोग गर्न समेत उनले सुझाए ।
समितिका अध्यक्ष तथा मन्त्रालयका सह सचिव मदन भुजेलले हाल बजारले दिएको सुविधालाई थप व्यवस्थित गर्न चुनौती भएको बताए । आगामी दिनमा यश विषयमा छलफल गरिने उनले उल्लेख गरे ।
समितिले ३० औँ वार्षिकोत्सवका ३ जना कर्मचारी, २ जना व्यवसायी र २ जना किसानलाई नगदसहित पुरस्कृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण