कालीमाटी फलफूल तथा तरकारी बजारलाई व्यवस्थित बनाउनुपर्नेमा जोड

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई व्यवस्थित गर्न विज्ञले सुझाएका छन् । समितिको ३० औँ वार्षिकोत्सव कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कालीमाटी बजारलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिए ।
कालीमाटी बजार केन्द्रीयस्तरको भएकाले पारदर्शी ढङ्गले काम गर्नु पर्ने उनको भनाइ थियो । कृषि विभागका महानिर्देशक डा. हरि बहादुर केसीले किसानले तरकारीको सही मूल्य पाउने वातावरण मिलाउन समितिलाई सुझाए ।
यस्तै किसानको कृषि उपजलाई सहजरूपमा बजारसम्म ढुवानीमा सहयोग गर्न समेत उनले सुझाए ।
समितिका अध्यक्ष तथा मन्त्रालयका सह सचिव मदन भुजेलले हाल बजारले दिएको सुविधालाई थप व्यवस्थित गर्न चुनौती भएको बताए । आगामी दिनमा यश विषयमा छलफल गरिने उनले उल्लेख गरे ।
समितिले ३० औँ वार्षिकोत्सवका ३ जना कर्मचारी, २ जना व्यवसायी र २ जना किसानलाई नगदसहित पुरस्कृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता