सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको तेस्रो दिनको अधिवेशन सुरु

बिहीबार, ०३ फागुन २०८०, १२ : २२
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । माओवादी केन्द्रको तेस्रो दिनको अधिवेशन प्रज्ञा भवन कमलादीमा सुरु भएको छ । समूह ४ बाट टोली नेता कमला नहकीले समूहगत निष्कर्ष निकाल्दै पदाधिकारीसहित सबै तहका प्रत्यक्ष निर्वाचित हुनुपर्ने सुझाव आएको छ । केन्द्रीय समितिमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक  हुनुपर्ने सुझाव पनि आएको एक सहभागीले जनाए ।  

पदाधिकारी सहित सबै तहमा प्रत्यक्ष निर्वाचिन हुनुपर्ने । ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक हुनुपर्ने । सबै तहमा ३५ प्रतिशत महिला सुनिश्चित हुनुपर्ने । समावेशितालाई ध्यान दिँदै पूर्वसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने सुझाव आएको बुझिएको छ । 

यस्तै पार्टीको नाम यथावत् राख्नुपर्ने मत पनि आएको छ । विशेष परिस्थितिमा पार्टीको नाम फेर्न पनि सकिने मत आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप