बेलायती अर्थतन्त्र पनि मन्दीमा

लन्डन । बेलायतको अर्थतन्त्र मन्दीमा गएको छ । गएको वर्ष दोस्रो अर्धवार्षिक अवधिमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले खुम्चिएको छ ।
संकुचनको यो दर अपेक्षा गरिएको भन्दा निकै खराब हो । अन्तिम त्रैमासमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले खुम्चिएको थियो ।
अक्टोबर डिसेम्बर अवधिमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले मात्रै खुम्चने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको जनमत सर्वेक्षणमा सहभागी अर्थशास्त्रीहरुले बताएका थिए । यो वर्ष अर्थतन्त्रले गति लिने आशा बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इङ्गल्यान्ड’ (बीओई)को छ ।
यो वर्षको उत्तरार्द्धमा बेलायतमा आम निर्वाचन हुने आशा गरिएको छ । यतिबेला सुनाक मतदाताहरुको मन कसरी जित्न सकिन्छ भन्ने ध्याउन्नमा छन् । तर यस वर्षको सुस्त आर्थिक वृद्धिदरले प्रधानमन्त्री ऋषि सुनाकलाई झट्का लागेको छ ।
तथ्यांक कार्यालय (ओएनएस)का अनुसार मासिक आधारमा नोभेम्बरको तुलनामा डिसेम्बरमा आर्थिक वृद्धिदर शून्य दशमलव १ प्रतिशतले घटेको छ । जीडीपीको तथ्यांक सार्वजनिक भएलगत्तै डलर र यूरोको तुलनामा पाउन्ड स्टर्लिङ्ग कमजोर बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखमा करेन्ट लागेर एक युवकको ज्यान गयो
-
आज शिक्षा समिति बैठक बस्दै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित