गगन थापाको प्रस्ताव : ‘ प्रि इलेक्सन एलाइन्स’ नगरौँ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन अघिको गठबन्धन गर्न नहुने केन्द्रीय समिति बैठकमा प्रस्ताव गरेका छन् । महामन्त्रीको हैसियतले बैठकमा सांगठानिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले चुनावअघिको गठबन्धन ‘प्रि इलेक्सन एलाइन्स’ गर्न नहुने उल्लेख गरेका हुन् ।
साथै उनले यसअघि गठबन्धन गरेर निर्वाचनमा जाँदा र पार्टीको आफ्नै उम्मेदवार नहुँदा सांगठनभित्र आकाङ्क्षीको व्यवस्थापन कठिन भएको उदाहरण पेश गर्दै पार्टीभित्रको ऊर्जामा समेत गिरावट आएको जनाएका छन् । जसले गर्दा २०७४ बाट २०७९ को आम चुनावसम्म पुग्दा प्रतिनिधिसभा चुनावमा कांग्रेसको लोकप्रिय मतमा ७ प्रतिशतले ह्रास आएको थापाको भनाइ छ ।
‘दुई चुनावको बिचमा हामीले १३.२ प्रतिशत मतदाता नै गुमायौ’, थापाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले यही कुरा सातै प्रदेशसभा चुनावको मतका आधारमा हेर्ने हो भने पार्टीको लोकप्रिय मतको हिस्सा ५ प्रतिशतले घटेको जनाएका छन् । ‘हामीले २०७९ मा २०७४ जतिकै लोकप्रिय मतको हिस्सा कायम राख्न चाहिने मतभन्दा १५.७४ प्रतिशत कम पाएका छौँ’, थापाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण