शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

३ जना मृतावस्थामा फेला

सोमबार, ०७ फागुन २०८०, १६ : ५२
सोमबार, ०७ फागुन २०८०

काठमाडौं । काठमाडौँसहित तीन स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन्  । प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिला मृतावस्थामा फेला परेकी हुन् । 
 ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । 

यसैगरी गुल्मीको धुर्कोट गाउँपालिका-१ स्थित खुला चौरमा सोही गाउँपालिका-१ पैयापाटा बस्ने ५८ वर्षीय यम बहादुर जिसी सोमबार मृत अवस्थामा फेला परेका छन् । 

सप्तरीको राजबिराज नगरपालिका-६ मुसहरी बस्तीस्थित सडक छेउमा  पनि भारत दरभाङगा घर भएका ६५ वर्षीय महेन्द्र सहनी सोमबार मृत अवस्थामा फेला परेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप