३ जना मृतावस्थामा फेला
सोमबार, ०७ फागुन २०८०, १६ : ५२
काठमाडौं । काठमाडौँसहित तीन स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिला मृतावस्थामा फेला परेकी हुन् ।
ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
यसैगरी गुल्मीको धुर्कोट गाउँपालिका-१ स्थित खुला चौरमा सोही गाउँपालिका-१ पैयापाटा बस्ने ५८ वर्षीय यम बहादुर जिसी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको राजबिराज नगरपालिका-६ मुसहरी बस्तीस्थित सडक छेउमा पनि भारत दरभाङगा घर भएका ६५ वर्षीय महेन्द्र सहनी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
-
जन्मदिनमा गांगुलीलाई उपहार, आईसीसी ‘हल अफ फेम’ मा समेटिने
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण