आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
बुधबार, २४ असार २०८३, २१ : १८
सारांश
- साइबर ब्यूरोले आरती रावललाई विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
- रावलमाथि सामाजिक सञ्जालमार्फत एक महिलालाई गालीगलौज गरेको आरोप छ ।
- उनी न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी हुन्, जसले गिरीविरूद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् ।
काठमाडौँ । प्रहरीले आरती रावललाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
रावलविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी (एसपी) दिलीप कुमार गिरीले रातोपाटीलाई बताए । रावलले एक जना महिलालाई सामाजिक सञ्जालबाट अनर्गल गालीगलौज गरेको आरोप छ ।
रावल दार्चुला जिल्ला अदालतमा कार्यरत न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी हुन्। उनले गिरी विरूद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा गिरीले सफाइ पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण