प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
सारांश
- आफूलाई अपराध महाशाखाको एसपी दिलीप घिमिरे बताउने एक नक्कली प्रहरीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
- सर्वसाधारणलाई धम्क्याउने र दुःख हैरानी दिने सूचना पाएपछि खटिएको प्रहरी टोलीमाथि सोधपुछका क्रममा आलेमगरले विवाद गरेका थिए।
- सार्वजनिक स्थानमा हो-हल्ला गरी अशान्ति सिर्जना गर्नुका साथै अभद्र व्यवहार देखाएपछि उनलाई मंगलबार सिंहदरबार अगाडिबाट नियन्त्रणमा लिइएको हो।
काठमाडौँ। आफूलाई अपराध महाशाखाको एसपी दिलीप घिमिरे बताएर सर्वसाधारणलाई धाक धम्की दिने एक जना नक्कली प्रहरी काठमाडौँबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर १२ घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौँडा बस्ने ३८ वर्षीय राज कुमार आलेमगर रहेका छन्।
सर्वसाधारणलाई धम्क्याउने र दुःख हैरानी दिने गरेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा आलेमगरले प्रहरी कर्मचारीसँगै विवाद गरेका थिए।
उनले सार्वजनिक स्थानमा हो-हल्ला गरी अशान्ति सिर्जना गर्नुका साथै अभद्र व्यवहार देखाएका थिए। त्यसपछि उनलाई मंगलबार काठमाडौँ महानगरपालिका वडा नम्बर २६ सिंहदरबार अगाडिको सडक खण्डबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका आलेमगरमाथि थप अनुसन्धान भइरहेको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण