जन्मदिनमा गांगुलीलाई उपहार, आईसीसी ‘हल अफ फेम’ मा समेटिने
काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरव गांगुली आइसिसि ‘हल अफ फेम’ मा समावेश हुने भएका छन्।
मिडिया रिपोर्टहरूका अनुसार आगामी जुलाई ११ मा स्कटल्यान्डको एडिनबर्गमा हुने आईसीसीको वार्षिक सम्मेलनमा यसको औपचारिक घोषणा गरिनेछ।
यो सम्मान पाएसँगै गांगुली ‘हल अफ फेम’ मा स्थान बनाउने भारतका १२ औँ क्रिकेटर बन्नेछन्। आफ्नो ५४ औँ जन्मदिनको अवसरमा गांगुलीले यो ठुलो उपलब्धि हासिल गर्न लागेका हुन्।
यसै विशेष दिनमा उनको बायोपिक ‘दादा- द सौरव गांगुली स्टोरी’ को पहिलो झलक पनि सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता राजकुमार राव सन् २००२ को नेटवेस्ट ट्रफी जितेपछि लर्ड्सको बाल्कोनीमा जर्सी फहराउँदै गरेको रूपमा देखिएका छन्। गांगुलीले उक्त पोस्टर सेयर गर्दै यसलाई आफ्नो लागि अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट उपहार भनेका छन्।
सन् २००० मा म्याच फिक्सिङको विवादपछि गांगुलीले भारतीय टोलीको कप्तानी सम्हालेका थिए। उनले वीरेन्द्र सहवाग, हरभजन सिंह, युवराज सिंह, जाहिर खान, मोहम्मद कैफ र पछि महेन्द्र सिंह धोनी जस्ता खेलाडीहरूलाई विश्वास गर्दै टोलीमा स्थान दिए।
उनको कप्तानीमा भारतले सन् २००२ को च्याम्पियन्स ट्रफी जित्यो भने सन् २००३ को एकदिवसीय विश्वकपको फाइनलसम्मको यात्रा तय गर्यो। त्यस्तै भारतले इंग्ल्यान्डमा टेस्ट सिरिज बराबरी गर्यो, सन् २००४ मा पाकिस्तानमा ऐतिहासिक टेस्ट सिरिज जित्यो र अस्ट्रेलियाको लगातार १६ टेस्ट जितको यात्रालाई पनि पूर्णविराम लगाइदियो।
गांगुलीले भारतका लागि ११३ टेस्ट खेलमा १६ शतकसहित ७ हजार २ सय १२ रन बनाएका छन्। त्यसैगरी ३११ एकदिवसीय खेलमा उनको नाममा २२ शतकसहित ११ हजार ३ सय ६३ रन दर्ता छ। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १३२ विकेट समेत लिएका छन्। खेल जीवनपछि उनी भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को अध्यक्ष बने र वर्तमान समयमा क्रिकेट एशोसिएसन अफ बङ्गाल (सीएबी) को अध्यक्षका रूपमा कार्यरत छन्।
गांगुलीभन्दा अगाडि भारतका बिशन सिंह बेदी, कपिल देव, सुनील गावस्कर, अनिल कुम्बले, राहुल द्रविड, सचिन तेन्दुलकर, विनू मांकड, वीरेन्द्र सहवाग, डायना एडुल्जी, नीतू डेविड र महेन्द्र सिंह धोनीले यो सम्मान प्राप्त गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण